arrow

२४ दिने बेहोस बच्चाको समेत उपचार गर्न नसकेकी रुन्तीदेवीका लागि भगवान बने विराटनगरका मेयर 

logo
कौशल निरौला, 
प्रकाशित २०७४ भदौ ४ आइतबार
biratnagar_mayar.jpg

विराटनगर । बिनाशकारी बाढीले बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । सुत्केरी भएको जम्मा २४ दिन भएको छ । बच्चा बेहोस छ, उपचार गरुँभने आफूसँग एक रुपैयाँ छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला शनिवार विराटनगर महानगरपालिकाको वार्ड नं. १९ को  खदरा टोलमा भेटिइन् । 

महानगरका मेयर भिम पराजुलीले सोधीखोजी गरे । बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउन लागे । दयनीय अवस्था देखेर मेयर पराजुलीले आफैँ चढेको गाडीमा राखेर  स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाए । स्थानीय रुन्तीदेवी ऋषिदेव आर्थिक अभावका कारण बच्चाको उचार गर्न सकिरहेकी थिइनन् । बच्चा जन्मेको २४ दिन मात्र भएको थियो । सुत्केरी भएको पुरा महिना दिन पनि नपुग्दै बाढीको चपेटामा उनी परिन् ।  आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घर समेत बगाइपछि ऋषिदेव चिन्तामा थिइन् । उनका श्रीमान रिक्साचालक हुन् । उनी पनि केही समयदेखी बिरामी थिए ।
 
जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो ऋषिदेव हर्षित भइन् । मेयर पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागि समेत व्यवस्था गरिदिए ।  बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भनिन् ‘भगवानले मेरो बच्चा बचाउन मेयरसापलाई पठाउनु भएको रछ । म त बच्चालाई लिएर मरौं कि जस्तो लागिरहेको थियो । मेरो भाग्य नै भन्नु पर्छ मेयरसापले मेरो बच्चा र मलाई बाच्ने वातावरण बनाइदिनु भयो ।’

मेयर पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आइतवार समेत बच्चाको स्वास्थ्यस्थिती बुझ्न सुरक्षा अस्पताल पुगे । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासलाई डा. रम्भादेवले अधिकतम प्रयास गरिन् । अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको डा देवले जानकारी दिइन् । मेयर पराजुलीले बच्चा पूर्णरुपमा स्वस्थ्य नभएसम्मको आर्थिक सहयोग गर्ने आश्वासन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ