arrow

अन्ततः एक्लिए बाबुराम : २०६ जनाले एकसाथ विद्रोह गरेर पार्टी छोडे

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
Naya-shakti-kendriya.jpg

काठमाडौं । नेपाली राजनीतिमा वैकल्पिक नयाँ शक्ति आवश्यकता औँल्याउँदै पार्टी खोलेका बाबुराम भट्टराई अन्ततः एक्लिएका छन् । भट्टराई नेतृत्वको नयाँ शक्तिबाट  केन्द्रीय परिषद् सदस्यहरुले समेत विद्रोह गरेका छन् ।

सह–संयोजक देवेन्द्र पौडेलसहित १५ नेतालाई निकालेको दुई दिन नवित्दै नयाँ शक्तिका २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टी छोडिदिएका हुन् ।

उनीहरुले संयोजक भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका छन् । पौडेल नेतृत्वको ध्रुविकरण समितिले माओवादी केन्द्र, संघीयसमाजवादी फोरमलगायत दलसँग एकताको लागि छलफल गरिरहेको छ ।

संघीय परिषद् सदस्य बलराम पुनको नेतृत्वमा २०६ जना केन्द्रीय परिषद सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गरेर देवेन्द्र पौडेलको समूहलाई समर्थन गरेका छन् । पौडेल समूहअघि बाहिरिएका रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्र प्रवेश गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ