arrow

अख्तियारमा जानका लागि प्रहरीमा होडबाजी, भर राजनीतिक सोर्सको

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
ciaa-office-FNL-new-.jpg.jpeg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ। 

महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए। 

दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको हो। 

प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना (सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरुण पौडेल र किसनसिंह थापा) लाई अख्तियारमा पदस्थापन गर्‍यो। 

३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ। अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन।

अख्तियारमा सरुवा मिलाउन ‘बाहिरी स्रोत’बाट प्रहरी नेतृत्वमाथि दबाब दिलाउनु सामान्य भइसकेको मुख्यालय स्रोत बताउँछ। 

एक पूर्वउच्च अधिकृत भन्छन्, ‘१३ पाने सम्पत्ति विवरण भर्नुपर्ने त्रास सबैभन्दा ठूलो कारण हो।’पूर्वप्रमुख आयुक्त कार्कीले आफ्नो कार्यकालमा प्रहरी कर्मचारीको नामै तोकेर सरुवा गर्न दबाब दिने गरेको अधिकारी बताउँछन्।

प्रहरीले पहिलो रोजाइका आकर्षक ठाउँ नपाएको अवस्थामा अख्तियारलाई वैकल्पिक गन्तव्य बनाएको देखिन्छ, जहाँ ‘छुट्टै फाइदा’ पाइन्छ। तल्लो तहका लागि त्यहाँको पोस्टिङबापत प्राप्त हुने भत्ता नै ठूलो आकर्षण देखिएको छ। 

अख्तियारमा अहिले परिचरदेखि जवान, हवल्दार, असई, सई, निरीक्षक, डीएसपी, एसपी, एसएसपी, डीआईजी गरी दुई सय २७ जनाको दरबन्दी छ। त्यसमध्ये केन्द्रमा १ सय १९ र अन्य क्षेत्रीय कार्यालयमा १ सय ८ जना परिचालित छन्। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ