arrow

 पहिलो पटक फुटसल राष्ट्रिय लिग हुँदै, भदौ ९ गतेदेखि सुरु

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
footsal.JPG

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । 

नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो । 

फुटसल खेलको विकास र सही व्यवस्थापन गर्ने उद्देश्यले आइतबार एक कार्यक्रम आयोजना गरी एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको छ । 

नेपाली फुटसलको विकास र आगामी असोज २७ देखि इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स प्रतियोगितामा देशको प्रतिनिधित्व व्यवस्थित गर्न एन्फा र टर्नपाइकबीच पाँच वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले बताए । 

कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र आदान–प्रदान गरेका हुन् । 

सम्झौताअनुसार सन् २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई टर्नपाइकले प्रायोजन गर्नेछ । हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाइ रकम टर्नपाइकले र एक तिहाइ रकम एन्फाले व्यहोर्ने सम्झौतामा उल्लेख छ । 

कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले आधिकारिकरुपमा पहिलोपटक राष्ट्रिय फुटसल लिग हुन लागेको र ढिलै भएपनि सकारात्मक शुरुवात भएको बताए । 

एन्फासँग फुटसल प्रतियोगिता गर्नका लागि भएको पाँचवर्षे सम्झौताले फुटसलको माध्यमबाट फुटबल खेलको समेत विकासमा सहयोग पुग्ने टर्नपाइकका निर्देशक उकेश लोहनीले बताए । 

रायमाझीले लिग सञ्चालन गर्न बूढानीलकण्ठको चौर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तुपा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेको जानकारी पनि दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ