arrow

संविधान संशोधन प्रस्तावः सोमबार पनि सांसदहरु विचार राख्दै, होला त छिनोफानो ? 

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
samsad.jpeg

काठमाडौं । संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेस हुँदैछ । उक्त प्रस्तावमा सांसदहरूले बोल्ने क्रम सकिएपछि सोमबार निर्णयार्थ पेस हुन लागेको हो । 

मतदान प्रक्रियामार्फत संशोधन प्रस्ताव टुंगो लगाइने भएको हो । संशोधन प्रस्तावमाथि संशोधन हालेका ५० संशोधनकर्ताले आइतबार नै धारणा राखे पनि अन्य सांसदलेसमेत बोल्न इच्छा देखाएपछि समय थप लम्बिएको हो । 

यसअघिको कार्यतालिका अनुसार आइतबार छलफल सकेर सोमबार दिउँसो १ बजे निर्वाचन गर्ने तयारी थियो । 

यसअघि नै निर्वाचन गर्ने भनिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समय मागेपछि ढिलाइ भएको हो । 

राप्रपाले विपक्षमा निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टी फुटेपछि पीडित बनेको राप्रपाले विपक्षमा भोट हाल्ने निर्णय गरे पनि राप्रपा प्रजातान्त्रिकतिरका सांसदले भने सरकारले प्रस्ताव गरेको संशोधनमै मत हाल्नेछन् । 

हुनत अझै पनि संविधन संशोधन प्रस्वाव पास हुने देखिँदैन । किनकी तीन दर्जन जति सांसदले कता समर्थन गर्ने भनेर मुख खोलेका छैनन् । 

किनकि इच्छित ४० जनामध्ये आइतबार ५ जनालेमात्र बोलेका छन् । बाँकी ३५ जनाले सोमबार बोलेपछिमात्र निर्वाचन प्रक्रिया थालिने संसद सचिवालयले जनाएको छ । 

संशोधन प्रस्ताव पारित हुन संसद्को दुईतिहाइ मत आवश्यक छ । संशोधनका लागि हाल संसदमा कायम सदस्य संख्या ५९२ को दुईतिहाइ अर्थात् ३९५ सांसदको समर्थन आवश्यक छ । 

सत्तारुढ दलहरूसँग हाल ३७३ मत छ । संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पुर्‍याउन थप २२ मत अपुग देखिएको छ ।

राष्ट्रिय जनता पार्टी राजपाले एमालेबाटसमेत केही सांसदहरुले सघाउने दाबी गर्दै आएको छ । 

राजपा पनि अभ्यासमा रहेको बताइन्छ । संविधान संशोधन नभएसम्म तेस्रो चरणको निर्वाचनमा सहभागिता नजनाउने राजपाको अडानले सुरु भएको संशोधन प्रक्रियामा असफल भए पनि चुनावमा भाग लिने जनाइसकेको छ । 

एमाले सांसदहरुले आफूहरुलाई दोष लगाउन संविधान संशोधन प्रस्ताव पेस गर्न थालिएको भन्दै सोमबार पेस नगर्नसमेत आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ