arrow

महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
matadan.JPG

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । सोमबार बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

महासंघको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।

पैंतालीस सदस्यीय कार्यसमितिका लागि सोमबार दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् । मतगणना नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ