arrow

कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
kalikot-district.png

कालीकोट । सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्मसहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मणिराम भट्टराईका अनुसार यसअघि जिल्लामा ६१ हजार ३० मतदाता रहेकामा साउन महिनामा तीन हजार ८५९ मतदाता थपिएपछि जम्मा ६४ हजार ८८९ मतदाता पुगेको बताए । 

उनका अनुसार यसअघिको तुलनामा जिल्लामा एकैपटक धेरै मतदाता थपिएको यो पहिलोपटक हो । मतदाताले संसद्को निर्वाचनमा खासै महत्व नदिए पनि स्थानीय निर्वाचनमा मतदान गर्न नपाउँदा पछुताएकाले अब आउने प्रदेश तथा सङ्घको निर्वाचनमा मतको आशामा रहेका जिल्लास्तरका राजनीतिक दलका नेताहरु पनि मतदाता नामावली संकलनमा लागिपरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ