arrow

बाढीले भत्काएको २ नं प्रदेशका सबै सडक भदौ १५ गतेभित्र मर्मत गरिसक्न सरकारको निर्देशन 

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
local-development-ministry-and-federal-affair.jpeg

काठमाडौं । सरकारले २ नं प्रदेशको स्थानीय तहको निर्वाचन अघि नै बाढीले भत्काएका सबै सडकहरु मर्मत गर्न निर्देशन दिएको छ । सोमबार संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै तत्काल सडक निर्माण तयार पार्न निर्देशन दिएको हो । 

झण्डै डेढ सातादेखि अवरुद्ध रहेका सडकहरुका कारण त्यहाँको जनजीवन प्रभावित भएको भन्दै मन्त्रालयले असोज २ गते तराईका ८ जिल्लामा हुन गईरहेको तेस्रो चरणको निर्वाचन निर्वाचनमा मतदान गर्न जाने मतदाताहरुलाई समस्या नपर्नेगरी सडक तयार पार्न निर्देशन दिईएको छ । 

मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई आफ्नो क्षेत्रभित्रका स्थानीय तहहरुमा क्षति पुगेको सडकको लागत संकलन गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, ती क्षति पुगेका सडकहरु निर्माणको लागि स्थानीय तहहरुबाट नै बजेट बनेको छ भने त्यो बजेटबाट नै ती सडकहरु तयार पार्न पनि सरकारले निर्देशन दिएको छ। 

यसरी बनाएको सडकहरुमध्ये पनि स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको ठाउँमा मतदाताहरुको आवागमन हुने सडकलाई सहज बनाउन पनि निर्देशन दिएको छ । मन्त्रालयले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचन आचारसंहिता प्रतिकूल नहुनेगरी भदौ १५ गतेभित्र सडक निर्माण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ