- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । अख्तियारको टोलीले सेवाग्राहीबाट ४५ हजार घुस लिँदै गरेको अवस्थामा कैलालीको अत्तरियास्थित राजस्व अनुसन्धान कार्यालयका नासु राजेन्द्र साउदलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूदुरपश्चिम क्षेत्रीय कार्यालय कञ्चनपुरको टोलीले साउदलाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट रकम घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक अनिलकुमार उप्रेती नेतृत्वको टोलीले नासु साउदलाई पक्राउ गरेको आयोगले जनाएको छ ।