arrow

सर्वोच्चको फैसला आयो : पशुपतिलाई फाइदा, कमल थापालाई झट्का

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
RPP.jpg

काठमाडौं । राप्रपाबाट विभाजन भई राप्रपा प्रजातान्त्रिक गठन गरेको पशुपतिशमशेर राणा समूलाई  दल दर्ताको बाटो खुलेको छ । कमल थापाले दिएको दिवेदन अनुसार निर्वाचन आयोगले गरेको पुनः सनाखत गराउने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) पार्टी गठन गर्न खोज्दा निर्वाचन आयोगले पुनः सनाखतका लागि गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश तेजबहादुर केसीको इजलासले पहिलेकै हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

सर्वोच्चको आदेशले प्रस्तावित दलका अध्यक्ष पशुपतिशमशेर राणालाई फाइदा पुगेको छ । यसअघि निर्वाचन आयोगले भदौ ४ गते केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि उपस्थित हुन सूचना जारी गरेको थियो । भदौ २ गते नै राणाले पहिलेकै हस्ताक्षरलाई मान्यता दिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । आयोगले दिएको समय आइतबारै सकिएपछि निवेदन खारेजी हुने चर्चा चलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ