arrow

संविधान संशोधन विधेयक फेल, एमालेले ताली बजायाे

टेबल ठटाएर विपक्षीले मनाए खुसीयाली

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
samsad.JPG

काठमाडौं । संविधान संशोधन विधेयक फेल भएको छ । व्यवस्थापिका संसनमा विधेयकमाथि भएको मतदानमा विधेयक अस्वीकृत भएको हो ।

संविधान संशोधन विधेयक स्वीकृत गरियोस् भन्ने पक्षमा ३ सय ४७ र विपक्षमा २ सय ६ मत परेको छ । सभामुख ओनसरी घर्तीले संसदमा तत्काल कायम रहेको सदस्यसंख्या ५ सय ९२ को दुई तिहाई नपुगेको भन्दै विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।

समामुखको घोषणा लगत्तै एमाले सांसदहरुले टेबल ठटाएर संसद भवननै गुञ्जयमान बनाईदिए । एमालेसहित विपक्षी दलका सांसदहरुले टेबल ठटाएर खुसीयाली मनाएका हुन् ।

सोमबारको संसद ठकमा ५ सय ५३ सांसद मात्रै उपस्थित थिए । संसदमा हाल ५ सय ९२ सांसद छन् । संशोधन पास हुन जसको दुई तिहाई ३ सय ९५ मत आवश्यक थियो । पास गर्न ४८ मत कम भएको छ ।  

प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले संविधान संविधान संशोधन विधेयक ल्याएको थियो । विधेयकमा ५० वटा संशोधन परेकामा अधिकांश बहुमतले अस्वीकृत भए ।  

मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले  चैत २३ मा संशोधन विधेयक दर्ता गरेको थियो । यद्यपि, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक पास फेल जे भएपनि चुनावमा सहभागी हुन राष्ट्रिय जनता पार्टी राजपा नेपाल सहमत भएसँगै मतदानको प्रक्रियाअघि बढाईएको थियो । सरकारले पहिलेकाे विधेयक फिर्ता लिएर फेरि विधेयक दर्ता गराएकाे थियाे ।

यस्तै, राप्रपा विभाजनको असर संविधान संशोधनमा सोझै देखिएको छ । कमल थापा नेतृत्वको राप्रपाका १९ सांसदले संशोधन विधेयकको विपक्षमा मतदान गरेका छन् । थापासँग १९ जना मात्रै सांसद रहेको पनि खुलासा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ