arrow

राप्रपाका १९ सांसद मात्रै उपस्थित, ह्वीप उलंघन गर्ने सांसदलाई कारबाही गर्ने

संविधान संशोधन विधेयकको विक्षमा मतदान

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
RPP-N111.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा उपस्थित नहुने सांसदहरुलाई कारबाही गर्ने भएको छ । राप्रपाले केन्द्रीय समितिको हेटौंडा बैठकको निर्णय अनुसार संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेकामा १९ जनाले मात्रै मतदान गरेका छन् ।

पार्टीको निर्णय र संसदीय दलका नेता कमल थापाको निर्देशन अनुसार प्रमुख सचेतक कुन्ती शाहीले अनिवार्य उपस्थित हुन र संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी थिइन् ।

यद्यपि, संसदमा १९ जना सांसदले मात्रै संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरे । अनुपस्थित हुने र ह्वीप उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने राप्रपाले जनाएको छ ।

राप्रपाले मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको  
सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
संशोधन विधेयकको विपक्षमा मतदान गर्ने सांसदहरु
कमल थापा
जयन्त चन्द
दिलनाथ गिरी
विक्रम बहादुर थापा
गंगाप्रसाद यादव
कुन्ती कुमारी शाही
भाष्कर भद्रा
दिनेश श्रेष्ठ
सुशील श्रेष्ठ
परशुराम तामाङ
राजेश्वरी देवी
लिला श्रेष्ठ
भक्त बहादुर खपाङ्गी
श्यामसुन्दर टिवडेवाल
राजकुमार अग्रवाल
राम दुलारी चौधरी
श्री कान्ति पासी
गणेश थापा
कान्ता भट्टराई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ