- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल पत्रकार महासंघको आईतबारदेखि सुरु महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको चुनावी मत परिणाम आउने क्रम जारी रहेको छ । मंगलबार राती आएको प्रदेशका केन्द्रीय सदस्यहरुको नामावली भने आईसकेको छ । प्राप्त मत परिणाम अनुसार प्रेस चौतारीको तर्फबाट उम्मेदवार बनेका ५ जनाले चुनाव जितेका छन् भने भने युनियनका ८ र प्रेस सेन्टरका ६ जनाले चुनाव जितेका छन् ।
सूची सहित हेर्नुहोस् चुनावबाट विजयीहुनेहरुको नामावली
प्रदेश १ : चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ : चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ : चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी
प्रदेश ५ : सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश ६ : युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७ : युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५र४५ बराबर मत ।
उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।
प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।
एशोसिएटमा युनियनका राधेश्याम दाहाल र पवन अचार्य