arrow

ट्याक्सीले सांसद्लाई समेत ठग्न नछाडेपछि ...

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Artha-samiti.jpg.jpeg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, 'कहाँ से आया ? ' उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, 'बिहार से आया हुँ, मिलन चोक जाना है ।' धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । 'ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला', उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, 'होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।'

एयरपोर्टबाट बानेश्वर पुगेको नौ सय मागियो । म सांसद हुँ, ट्राफिकको डीआईजीलाई फोन गरेर भन्छु भनेपछि ३ सय दिए पुग्छ भनियो ।' - रामअयोधी यादव, सांसद सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । 'ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास' शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।

सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।

'अनामनगरबाट शान्तिनगर जान खोज्दा कुनै ट्याक्सी चालकले मानेनन् । ट्राफिक कन्ट्रोलमा फोन गरिदिन्छु भन्दा उल्टै आफ्नै मोबाइल तेर्स्याए ।'- तुलसा रानामगर, उनले क्षुब्ध हुँदै 'ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ? ' भनिन् । चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, 'हुन्छ, ल मेरैबाट गर्नोस् न !''हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला ? ' सांसद मगर भन्दै थिइन् ।

एयरपोर्टमा ट्याक्सीको अवस्था सुधार्न निर्देशन दिँदा एउटा चालकले भनेको सुनें, 'यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्‍यो ।'- जीवनकुमार शाही, यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ । 'मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुजु्रकले भनेको सुनें- यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्‍यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।'

ट्याक्सीचालकले कस्ता ग्राहक खोज्छन् भन्ने उदाहरण सांसद डा. शिवजी यादवले पेस गरे । उनले भने- 'चोकमा ३÷४ वटा ट्याक्सी क्यूमा हुन्छन् । सिंहदरबार जाऊँ भन्दा कुनै मान्दैनन् । त्यहाँ जाँदा बढी पैसा लिन पाइँदैन भन्ने उनीहरूलाई थाहा छ ।' सांसद वैजनाथ चौधरीले कटाक्ष गरे, 'नीति बनाउनेहरूबाटै भ्रष्टाचार हुन्छ, तलकालाई कारबाही गरेर के हुन्छ ?
cGgk"0f{ kf]i6



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ