arrow

हाम्राकुराका सम्पादक माधव चम्लागाई पत्रकार महासंघको केन्द्रीय सदस्य 

जसले आफैलाई भोट दिन पाएनन् !

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
madhav-hamrakura.png

काठमाडौं। हाम्राकुरा डटकमका कार्यकारी निर्देशक माधव चम्लागाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। काठमाडौंमा मंगलबार बिहान सम्पन्न महासंघको मतगणनामा अपांगता कोटामा निकटतम प्रतिस्पर्धी रविन्द्र प्रताप शाहीलाई एक सय ९३ मतको अन्तरले पराजित गर्दै चम्लागाईले केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन्। भदौ ४ गतेदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको महासंघको २५ औं महाधिवेशनमा चम्लागाईले ७३८ मत ल्याउँदा शाहीले ५४५ मत ल्याए ।

को हुन् चम्लागाई ? 
०५८ सालदेखि ईलाममा रहेर पत्रकारिता गरेका माधव चम्लागाई शारीरिक अपांगताको पीडालाई चिर्दै आमसंचारमा स्नातकोत्तर गर्न सफल पत्रकार हुन् ।

उनी हाम्राकुरा डटकमका संस्थापकमध्येका एक हुन् । निरन्तर पत्रकारिता गर्ने क्रममा उनले अपांगता भएकाहरुको हक अधिकारका लागि अग्रणी भूमिका खेलिरहेका छन् । 

संचार जगतका अपांगता भएका संचारकर्मीका लागिसमेत उनले आवाज उठाउँदै आएका छन् ।  
भारती अन्तरको जित हासिल गरेसंगै उनले आफूलाई संचारकर्मीका रुपमा काम गर्न थप बल पुगेको बताएका छन् । 
उनले अपांगता भएका व्यक्तिहरु कुनै पनि हिसाबले कमजोर हुँदैनन् भन्ने दृष्टान्त दिंदै अझ बढी सशक्त भएर काम गर्ने प्रविद्धता जनाएका छन् । 
श्रमजीवी पत्रकारको अधिकारका लागि लड्ने भन्दै चम्लागाईले व्यवसायीक पत्रकारितालेमात्रै महासंघ सशक्त हुने प्रतिक्रिया दिएका छन् ।

जसले आफैलाई भोट दिन पाएनन् !
उम्मेदवारले आफैले आफैलाई भोट दिन नपाउनु कम्तीको दुर्भाग्य होइन । तर माधव चम्लागाई त्यस्ता केन्द्रीय सदस्य बनेका छन् जसले आफूले आफैलाई भोट दिन पाएनन् र पनि शानदार जित हासिल गरे । 

एसोसिएटको सदस्यले पदाधिकारी सबैलाई भोट दिन पाउने तर आफ्नो सदस्यलाई बाहेक अरुलाई नपाउने भन्ने पत्रकार महासंघको गलत विधानको शिकार चम्लागाई भएका हुन् । 

चम्लागाईले महासंघको पहिलो कार्यसमिति बैठकमै विधानको त्रुटीलाई उठाउने प्रतिवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ