arrow

बझाङमा मंगलबार विहानै ४.९ रेक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
bajhang-earthquake.JPG

बझाङ । बझाङमा मंगलबार विहानै भूकम्प गएको छ  । विहान ६ बजेर ३५ मिनेटमा बझाङको पौडागढीमा खप्तड राष्ट्रिय निकुन्जभित्र केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पबाट कुनै क्षति भएको खवर नआए पनि स्थानीय भने निकै त्रसित भएको स्थानीयले जनाएका छन् । 

यसअघि सोमबार साँझ दोलखा केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्पन आएको थियो ।

यो परकम्पन २०७२ सालको गोरखा भूकम्पको ४ रेक्टर स्केलदेखि माथिको ४८५ औं परकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ