arrow

देउवाको मन्त्रिमण्डलमा १५ राज्यमन्त्री थप, ४९ सदस्यीय भो मन्त्रिमण्डल

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Cabinet-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन् । देउवाले मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गर्न लागेका हुन् ।  थपिएका राज्यमन्त्रीले मंगलबारै पदभार सम्हाल्दै छन् ।

देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थप थपेका हुन् ।  

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ४९ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३  उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् ।

काँग्रेसबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।

फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा रहेका छन् । लामा यसअघि पनि राज्यमन्त्री थिइन् ।

योसँगै, देउवाको मन्त्रिमण्डलका सदस्य ५० नाघ्ने भएका छन् । मंगलरबार राज्यमन्त्री थपेसँगै मन्त्रिमण्डल ४९ पुगिसकेको छ । प्रधानमन्त्रीले अझै ४ वटा मन्त्रालय आफ्नो माताहतमा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ