arrow

भारत भ्रमणमा जान लागेका देउवालाई ओलीका ११ सुझाव

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
exPM_oli.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ वटा सुझाव दिएका छन् । ओलीले भारत भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै असन्तोष समेत व्यक्त गरेका छन् ।

ओलीले व्यवस्थापिका संसद चालु अवस्थामा रहेको बेला प्रधानमन्त्रीले सदनलाई जानकारी नै नगराई र विश्वास नै नलिई भारततर्फ लाग्न गम्भीर विषय भएको उल्लेख गरेका छन् ।
 

ओलीका सुझाव
–तात्कालिन समस्या बाढीपहिरो र डुवानबाट १४९ जनाको ज्यान गएको छ । दशौहजार भन्दा बढि घरबारबिहीन भएका छन् । यसमा डुवान प्रमुख समस्या छ । सरकारले सवै ढोका खोल्न लगायो भने छिमेकीलाई असर पर्छ भन्ने सरकारका मन्त्रीको भनाई सुनिएको थियो त्यो आधिकारिकता हो कि के हो ? त्यो समस्या कसरी पैदा भएको छ र कसरी व्यवस्थापन गर्ने त्यो कुरामा छलफल हुनुपर्छ ।

–अन्य धेरै ठाउँमा भारतले एकलौटी बाधेको बाँधबारे धेरै आलोचना भइरहेको छ । यसबारे सरकारको भनाई के हो ? र भ्रमणका क्रममा गम्भिरता पुर्वक उठाएर कानुन विपरित बनाएका बाध हटाउन लगाउनुपर्छ ।  नेपालको हितमा, न्यायको पक्षमा सम्बन्धलाई कुनै नमिठो नबनाई, भावनात्मक रुपले निकटता बढाउनेगरी बाँध हटाउने या स्थानतरण गर्ने विषयमा कुरा गर्नुपर्छ ।

–पुराना सम्झौता पुनरावलोकन र अद्यावधिक गर्नुपर्छ । ति विषयमा आजको मुल्यमान्यता र नेपालको हित हुने गरी अघि बढाउनुपर्छ । नेपाल भारतको तुलनामा सानो भएकाले यसका हित खतरामा पर्ने हुनसक्छ । त्यसकारण नेपालका हितको रक्षाहुने गरी सन्धीसम्झौता गर्नुपर्छ । सीमा रेलको अवधारणाको शव्दावली नै अनुपयुक्त छ ।

–नेपाल र भारतका जुनसुकै व्यपार पारस्पारिक व्यापारका आधारमा हुनुपर्छ । बैदेशिक लगानी आकर्षित गर्दा उर्जामा हुने लगानीबारे प्रश्ट हुनुपर्छ । भारतले आफ्नो लगानी नभए नकिन्ने भन्ने हो भने त्यसमा पुनरावलोकन गर्न जरुरी छ ।

–भारतको जुन नीति सार्वजनिक भएको छ त्यो भारतले सच्याउनुपर्छ यसले नेपालको उर्जा विकासमा ठुलो घाटा गर्छ ।

–रासायनिक मलको कारखाना खोल्ने कुरा आइरहेको छ । त्यो उपयुक्त छैन । रासायनिक भन्दा अर्गा्निक मल उत्पादनमा ध्यान दिनुपर्छ । यसका लागि बृहद छलफल गरेर मात्रै गर्नुपर्छ नत्र फसिन्छ । गम्भिर अध्ययन गरेर रासाइनिक मलको सट्टा अरु उपाय निकाल्नुपर्छ ।

–महाकाली सन्धी लगायतका विषयमा पनि नेपालको हितअनुरुप अघि बढाउन जरुरी छ । कुटनीतिक मर्यादाका पक्ष, सार्वभौम राष्ट्रका पक्षमा छिमेकीसँग कुरा गर्न कि डराउने ? कोसी व्यारेजको सम्पर्क कार्यलय अनाधिकृत रुपमा राखिएको छ । बलमिच्याई ढंगले हामीसँग व्यवहार गर्नुहुन्न  भनेर प्रधानमन्त्रीले स्पष्ट कुरा राख्नुपर्छ ।

–सीमा क्षेत्रमा भएको भारतीय पक्षको ज्याजती छ । यसले मित्रता कायम हुँदैन, सीमास्तम्भ विवादका कुरामा भन्न हच्कनुपर्ने जरुरी छैन ।

–सुपुर्दगी सन्धी अन्र्तगत कानुनी सहायतका नाममा एक देशको कानुन व्यवसायी अर्को देशमा गएर बहस गर्ने कुरा उचित छैन त्यसले राम्रो गर्दैन । तेस्रो देशको नागरिक दोस्रो देशलाई सुपुर्दगी सन्धीको विल्कुल राम्रो होइन यो सच्चाउनुपर्छ । यसो भए हाम्रा छिमेकमा अनेक प्रकारका जटिलता पैदा हुन सक्छन् ।

– भारत चीन संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील, समानताका आधारमा समान लाभ र समान सम्मानलाई ध्यान दिनुपर्छ । तटस्थताको सिद्धान्त र नीति लिनुपर्छ । यदि छिमेकीबीच विवाद छ भने वार्ताबाट शान्तिपुर्ण ढंगले समाधान हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ ।

–समस्या समाधानमा सार्कले केही काम गरिरहेको छ । सार्कको अध्यक्षता हस्तानतरण गर्दैछौ यसतर्फ पनि प्रधानमन्त्रीले ध्यान दिनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ