arrow

नाडा अटो शो को १२ औं संस्करण भदौ १३ देखि, ९० संस्था, १३० स्टल

बाढीपहिरो पीडितलाई पाँच लाख रुपैयाँ

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
nada-auto-show.jpg

काठमाडौं । नेपालमा आयोजना हुँदै आइरहेका प्रदर्शनीहरूमध्ये सबैभन्दा भव्य, लोकप्रिय नाडा अटो शो २०१७ को १२ औँ संस्करण यही भदौ १३ देखि हुने भएको छ । ६ दिनसम्म  चल्ने अटो शो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुने आयोजकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१७ को शिर्ष प्रायोजक सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ । 

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तीय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहने छ जसमा नेपालमै उत्पादित सामग्रीहरूसमेत रहने छन् ।

सर्भोद्वारा प्रायोजित नाडा अटो शो २०१७, सहभागी अटो व्यवसायीहरूले आफ्ना विभिन्न ब्राण्डका सवारी साधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहक समक्ष प्रत्यक्ष पुर्‍याउने तथा प्रत्याशित उपभोक्ताहरूका कौतुहलतालाई सम्बोधन गर्ने एक महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ । 

यसैगरी ग्राहकहरूले समेत प्रदर्शनी अवलोकन गर्दा आफुले खोजेको र रोजेको सवारी साधन तथा अन्य सुविधा एवं सामाग्रीहरूको सहि सूचना सजिलै प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । एकै ठाँउमा पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पुण क्षेत्रको विश्लेषण, विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने जनाइएको छ । 

यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहने छन् जसमा ९० वटा संस्थाहरूको सहभागिता रहने छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहने छन् । 

प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभ्सद्धारा प्रायोजित युएम रेनेगेड कमान्डो २३० सीसी मोटरसाइकल समेत रहेको छ । नाडा अटो शो २०१७ मा लगभग पचास हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका साथ प्रदर्शनीलाई अझ भव्य र प्रभावकारी बनाउन मह जोडीलाई समेत ब्रान्ड एम्बेसेडर बनाइएको छ । 

साथै बाढी पहिरोबाट पीडित जनताको राहतको लागि नाडाद्वारा यस नाडा अटो शो २०१७ बाट हुने आम्दानीबाट पाँच लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ