arrow

राप्रपा नेता संग्रौलाको निधन

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
RPP-N111.jpg

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । उनको बुधबार बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । 

बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले जनाएको छ । 

राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनी राप्रपाका मेची अञ्चल सदस्य, साविक लखनपुर गाविसका पूर्व प्रधानपञ्च र दमक नगरपालिकाका मनोनीत उपप्रमुख थिए । 

उनका तीन छोरा र दुई छोरी रहेका छन् । उनको पार्थिव शरीर अहिले कन्काई नदीमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ