arrow

माथागढी गाँउपालिको बजेट ३६ करोड

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ ७ बुधबार
Mathagadhi_Photo.jpg

पाल्पा ।  माथागढी गाँउपालिकाले आर्थिक वर्ष २०७४/०७५ को बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाले पत्रकार सम्मेलन गरि ३६ करोड २ लाख २३ हजार २ सय २ रुपैँयाको बजेट सार्वजनिक गरेको हो ।  

गाउँपालिकामा ६ दिन सम्म स्थानीय जन प्रतिनिधी को छलफल बाट बजेट सार्वजनीक भएको हो । बजेटमा मुख्य गरेर पूर्वधार विकास अन्र्तगत सडक तथा पुल निर्माणमा  बढी रकम बिनियोज भएको छ । गाउँपालिकामा ४ करोड ७ लाख २९ हजार सडक तथा पुल तर्फ, ३७ लाख ३९ हजार ५ सय सिंचाई , १ करोड ५० लाख २५ हजार भवन तथा सहरी विकास, ५० हजार उर्जा, १ करोड १ लाख ५० हजार वैकल्पिक उर्जा, ५० हजार संचारमा  गरि जम्मा ६ करोड ९७ लाख ३३ हजार ५ सय पूर्वधार विकास तर्फको बजेट रहेको छ ।

त्यस्तै गरि आर्थिक विकास क्षेत्र अन्र्तगतको कृषि तथा पशु तर्फ २८ लाख १० हजार , उद्योग तथा वाणिज्यमा १० लाख, पर्यटनमा १५ लाख, सहकारीमा  ८ लाख, वित्तिय क्षेत्रमा १ करोड ५१ लाख ४३ हजार ७ सय ५९ गरि जम्मा २ करोड १२ लाख ५३ हजार ७ सय ५९ आर्थिक विकास क्षेत्र तर्फको बजेट रहेको छ । त्यस्तै सामाजिक विकास क्षेत्र अन्र्तगत शिक्षा मा ५५ लाख ४० हजार, स्वास्थ्यमा २३ लाख ६१ हजार, खानेपानी तथा सरसफाईमा २ करोड ९४ लाख १३ हजार, संस्कृति प्रवर्धनको  लागि २४ लाख २५ हजार र लैंगिक समानता तथा सामाजिक समावेसीकरण तर्फ १ करोड २७ लाख ८७ हजार ७ सय ८ गरि कुल ५ करोड २५ लाख २६ हजार ७ सय ८ सामाजिक विकास क्षेत्र तर्फको बजेट रहेको छ ।

गाँउपालिकाले वातावरण तथा विपत व्यवस्थापनका लागि कुल ६० लाख ५० हजार रकम विनियोजन गरेको छ । संस्थागत विकास सेवा तर्फ कुल १ करोड ४७ लाख २४ हजार  र वित्तिय व्यवस्थापन र सुशासन तर्फ ४ लाख रकम विनियोजन गरेको छ । यी विकास खर्च तर्फको रकम हो । जहाँ जम्मा १६ करोड ४६ लाख ८७ हजार ९ सय ६७ रुपैँया रकम रहेको छ । यो कुल बजेटको ४५.७१ प्रतिशत रकम हुन आउँछ ।

 गाँउपालिकाले प्रशासनिक खर्च तर्फ ३ करोड ३८ लाख ६३ हजार ३ सय ६० रकम विनियोजन गरेको छ । जुन बजेटको ९.४० प्रतिशत रहेको छ । त्यस्तै गरि सामाजिक सुरक्षा भत्तावापद ५ करोड ३ लाख ३८ हजार ८ सय ७५ रुपैँया रकम विनियोजन गरेको छ । जुन कुल बजेटको १३.९७ प्रतिशत रहेको छ । पुजीँगत अनुदान कार्यक्रम अन्र्तगत ११ करोड १३ लाख ३३ हजार रकम रहेको छ । जुन कुल बजेटको ३०.९० प्रतिशत रकम हो । गाँउपालिकाको आन्तरिक सा्रेत २६ लाख ४९ हजार ९ सय ५० रकम गरि ३६ करोड २ लाख २३ हजार २ सय २ रुपैँया बराबरको बजेट सार्वजनिक भएको छ ।
 
माथागढीको दिगो विकासका लागि हाम्रो सपना हाम्रो संकल्प सम्मुन्त माथागढी, सम्पन्न र सम्मानित माथागढी वासी भन्ने मुल उद्धेश्यका साथ दीर्घकालीन रणनिति बनाएर आफु लागेको गाँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए  । गाँउपालिकालाई आगामी ५ वर्ष भित्रमा नगरपालिकामा परिणत गरि हरियाली सफा नगरका रुपमा विकास गर्ने थापाले बताए  ।  विकासका दृष्टिले पछाडी परेका वडाहरुलाई विकास कार्यमा प्रथामिकता दिदैँ जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने,  गाँउपालिकालाई आगामी ३ वर्षमा खरको छानो रहित र टुकी रहित गाँउपालिकाका रुपमा घोषण गर्ने , एक घर दुई विरुवाको अभियानलाई कार्यन्वयन गर्ने निति लिइने पनि अध्यक्ष थापाले बताए  ।

 २१५.४९ वर्ग किमि मा फैलिएको यो गाउँपालिका मा चिदिपानी, रुप्से, कसेनी, झडेवा, हात्तिलुङ, गोठादी, रहवास, बहादुरपरु गरि ८ वटा वडाहरु रहेका छन् । समुन्दी सतहबाट करिब ५००० फिट उचाईमा रहेको यस गाँउपालिकामा २५ हजार १७ जनसङख्या रहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ