arrow

भारत जानुअघि देउवाले ४ केन्द्रीय सदस्य थपे, अनुशासन समिति पनि गठन

कार्यवाहक सभापतिको जिम्मा निधिलाई 

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
deuba-ramchandra.jpeg

काठमाडौं । तेह्रौँ महाधिवेसन सकिएको झन्डै डेढ वर्ष पछि नेपाली काँग्रेसले ४ केन्द्रीय सदस्य थपेको छ । पार्टी सभापति देउवाले बुधबार नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमाडौं)लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

सभापति देउवाले  काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा अनुशासन समिति   गठन गरेका छन् ।समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको मुख्य सचिव पौडेलले बताए ।

यस्तै, सभापति  देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोकेका छन् । भारतको पाँच दिने राजकीय भ्रमणका लागि वुधबार दिल्ली सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई  कार्यवाहक सभापति तोकेको पार्टी केन्द्रीय  कार्यालयले जनाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दिल्ली गएका  प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी भदौ ११ गते स्वदेश फर्कन कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ