arrow

एबीडे भिलियर्सले त्यागे कप्तानी, टेष्टमा फर्कन सक्ने

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
abde-villars.jpg

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेट कप्तान एबीडे भिलियर्सले एक दिवसिय क्रिकेटको कप्तानी त्यागेका छन् । उनले क्रिकेट क्रिकेटमा फर्किन सक्ने संकेत गर्दै एक दिवसियको कप्तानी त्यागेको बताएका हुन् । 

भिलियर्सले आगामी मध्य अक्टोबरदेखि तीन वटै फम्र्याटका क्रिकेटमा सहभागी हुन सक्ने पनि जनाएका छन् । यसबारेमा दक्षिण अफ्रिकी क्रिकेट एसोसिएसनसंग छलफल भइरहेको पनि बताएका छन् । 

भिलियर्सले सन् २०१६ को जनवरीमा इंगल्याण्डविरुद्ध खेलेपछि टेष्टमा सहभागिता जनाएका छैनन् । त्यसपछि भिलियर्स फुलटाइम कप्तानका रुपमा एक दिवसियमा रहेका थिए । 

३३ वर्षे भिलियर्सले सन् २००४ देखि राष्ट्रिय टिमका लागि खेलिरहेका छन् । उनले १०६ टेष्टमा ८०७४ रन, २२१ एक दिवसियमा ९३१९ तथा ७३ टी–२० मा १६०३ रन बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ