arrow

‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’: बजेट ५४ करोड रुपैयाँ

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
rupendehi.png

तिलोत्तमा । सैनामैना नगरपालिकाले आव २०७४।०७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ । 

नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताए । 

सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडक कालेपत्रे तथा स्तरोन्नति गर्न रु छ करोड ७३ लाख ४१ हजार विनियोजन गरिएको छ । 

बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ । विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्ने नीति बनाउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रमा रु नौ करोड ८६ लाख ६९ हजार विनियोजन गरिएको छ । 

यस्तै, कृषि तथा पशुपालनतर्फ रु एक करोड ३५ लाख ७७ हजार विनियोजन गरिएको छ । कृषि कार्यक्रमअन्र्तगत निर्वाहमुखी कृषि प्राणीलीलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ । 

स्वास्थ्य संस्थाको सवलीकरणका लागि रु १ करोड ७९ लाख विनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ