arrow

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन, मोदीले नेपालीमा भाषण सुरु गरे

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
modis.JPG

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलन चलिरहेको छ । पाँचदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटपछि संयुक्त रुपमा  पत्रकार सम्मेलनलार्इ सम्बोधन गरेका छन् । सम्मेलनको क्रममा मोदीले नेपालीमा भाषण सुरु गरेर प्रधानमन्त्री देउवाको स्वागत गरेका थिए ।

सम्मेलनको उद्घाटनको क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्ध हिमालयको जस्तै पुरानो रहेको भन्दै यो सम्बन्धलार्इ जीवन्तता दिनुपर्ने बताए । भारतले सधै‌ंभरी नेपालमा शान्ति स्थायित्व र आर्थिक उन्नति देख्न चाहेको भन्दै मोदीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा  नेपाललाई बधाई पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ