arrow

नेपाल र भारतबीच आठ बुँदामा सम्झौता, के-केमा भए सम्झौता ? (सूचीसहित)  

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
nepal_india_agreement_2_obL8jZbE6p.jpg

काठमाडौं । नेपाल र भारतबीच विभिन्न शीर्षक अन्तर्गत् ८ वटा विषयमा समझदारी भएको छ । बिहीबार हैदरावाद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा दुई देशीय प्रतिनिधिमण्डलले आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

भारत भ्रमणमा जाने विदेशका उच्च पाहुनासँग भेटवार्ता हुने हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ता र सोही स्थानमा आयोजित विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री, मन्त्रिगण र उच्च पदाधिकारीको उपस्थितिमा सम्बद्ध अधिकारीले आजै ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । 

भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित चार र मेची पुल निर्माण, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्याँकन र लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

भूकम्पबाट भत्केका ५० हजार घर पुनःनिर्माण, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, स्वास्थ्य क्षेत्रका भौतिक संरचना र शिक्षा क्षेत्रका संरचना पुनःनिर्माण गर्नेसम्बन्धी समझदारीपत्र अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले एकापसमा आदानप्रदान गरे ।

त्यसैगरी, मेची पुल निर्माणसम्बन्धी समझदारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको सडक यातायात राजमार्ग सचिव युधवीर सिंह मल्लिक, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रणसम्बन्धी समझदारीमा गृहसचिव लोकदर्शन रेग्मी र भारतका राजश्व सचिव हसमुख अधिया, गुणस्तर मूल्याँकनसम्बन्धी समझादारीमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतको नाप तौल विभागका महानिर्देशक सञ्जय सिंह तथा लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रकाश थापा र भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष निलेस बिकाम्सले हस्ताक्षर गरेका थिए। 

उनीहरुबीच भएको ८ बुँदे सम्झौता यस्तो छ । 
१, भूकम्पबाट प्रभावित ५० हजार घरहरुको पुननिर्माणको लागि सामग्री सहयोग गर्ने,
२, नेपालको शिक्षा क्षेत्रमा पुननिर्मामाणको प्याकेज सञ्चालन गर्ने, 
३, सांस्कृतिक सम्पदाको क्षेत्रमा पुनर्निर्माणको प्याकेज सञ्चालन गर्ने, 
४, नेपालको स्वास्थ्य क्षेत्रमा पुननिर्माणको काममा प्याकेज सञ्चालन गर्ने, 
५, मेचीपुल निर्माणको लागि खर्च र सुरक्षाको विषय, 
६, नेपालको चार्टर एकाउन्टेन्ट र भारतको चार्टर एकाउन्टेन्ट सम्बन्धी विषय,
७, विभिन्न औषधिजन्य तथा लागूऔषधजन्य विषयको अबैध कारोबार रोकथाम, 
८, मानकीकरण तथा अनुपालन निर्धारण सम्बन्धी विषय ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ