arrow

सडक ट्राफिकलाई पीडैपीडा, ‘धुलो खाउ जागिर बचाउ’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ भदौ ८ बिहिबार
Dust_Ktm.jpg

काठमाडौँ । ट्राफिक प्रहरी भन्ने वित्तिकै सवारी होस् वा पैदल यात्री । सबैलाई दुःख दिन बाटोमा राखिदिएका झगडिया हुन् भन्ने अर्थ लगाइन्छ ।

यद्यपि, उनीहरु हाम्रै सजिलो र यात्रा सुरक्षाको परहेदार हुन् भन्ने बुझाई आउन सकेको छैन । ट्राफिक प्रहरीको नेतृत्वलाई लिएर नेपालमा निकै चर्चा हुन्छ । यतिसम्म कि ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुने व्यक्ति सोझै प्रहरी प्रमुख अर्थात् प्रहरी महानिरीक्षक हुन्छ । भएको पनि त्यस्तै छ । यसअघि ट्राफिक प्रहरी प्रमुख भएका थुप्रै डिआइजीहरु प्रहरी प्रमुख भएका छन् । पछिल्ला दुई उदाहरण हुन् उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याल ।

तर, प्रहरी प्रमुख बन्न योग्य व्यक्तिहरु ट्राफिक प्रहरी महाशाखा पुगेपनि काठमाडौँ उपत्यकाकै ट्राफिक व्यवस्थामा सुधार आउन सकेको छैन । नेतृत्व तहबाट व्यस्थापन हुन नसेको कमजोरीको असर भने दिनभर सडकमा धुँवा धुलो खाने ट्राफिक प्रहरीलाई परिरहेको छ । दिनभर सडकमा पहरा दिने ट्राफिक प्रहरी दोहोरो मारमा छन् । समस्या त कति हो कति ?

नागरिकको प्रत्यक्ष गुनासो सुन्ने पहिलो व्यक्ति सडकमा खटिने ट्राफिक नै हुन्छ । गाली, दुव्र्यवहार आदि इत्यादी सहनु त दैनिकी भइसकेको छ । ट्राफिक प्रहरीप्रति नागरिकमा नराम्रो छाप बसेको छ । ता कि ट्राफिक दुःख दिनलाई बाटोमा राखिएको हो । अनावश्यक दुःख दिएर पैंसा असुल गर्छन्, कतिपयले रिसको झोंकमा लुट्न बसेको समेत भन्न भ्याइहाल्छन् ।

ट्राफिक प्रहरीको व्यवहार भएन भन्छन् कसैले । ट्राफिक नियम पालना गर्न भने सबै तयार छैनन् । ट्राफिक व्यवस्थापनका विभिन्न योजनाहरु पनि आए । ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना समेत बढाइयो । तर, उल्लंघनका घटनामा पनि कमि आएन । दुर्घटना पनि भइरहेकै छन् । यो सबैको अपजस सडकमै बस्ने पहरेदारले नै खेपिरहेका छन् ।

उपल्लो तहको निर्देशन, टोकाई खानै पर्ने । बाटोको सवारीको चाँपलाई व्यवस्थापन गर्न टाउको दुखाउनै पर्ने । कुनै ठाउँमा पनि ट्राफिक लाइट छैनन् । लेन मिच्नेहरुको कमि छैन । सबैलाई हतार हुन्छ । भित्रि सडक र करिडोर सुधारको काम सकिएको छैन ।

अर्कोतिर चर्को गर्मी सहनै पर्ने । धुँवा धुलो खानै पर्ने । भीआइपीहरु कुद्दा सलाम ठोक्नै पर्ने । एम्बुलेन्सलाई बाटो मिलाउन पनि हम्मे । कति बेला कस्को साइरन बज्ने हो थाहै हुँदैन । बाटो काट्नेबाट अर्को हैरानी । जहाँ पायो त्यहीँबाट बाटो काट्नेहरुमा कमि आएको छैन । पानी धुलो र माटोले कतिपय स्थानमा जेब्राक्रस बनाएकै भोलिपल्ट ढाकिन्छ वा पखालिएर जान्छ ।
कम्ता सास्ती छैन । सडकमा बसेर पहरेदारी गर्दा कति कष्ट हुँदो रहेछ ? हामीले १२ देखि १८ घण्टा सडकमै खटिने ट्राफिक प्रहरीसँग कुरा गर्यौँ । सिंहदरबार अगाडि इद्रराज गिरी भेटिए ।

उनलाई हामीले सडकमा बस्दाको व्यथा सोध्यौँ । उनले क्रमशः भन्दै गए । ‘मैले जागिर गर्न थालेको तीन वर्ष भयो । सधँै एकनासको खटनपटन हुँदैन । ठाउँ सरिरहन्छ । ठाउँ विशेष डिउटीको समय तोकिन्छ ।’  

उनले अगाडि भने, ‘सिंहदरबार क्षेत्रमा १२–१४ घण्टा हुन्छ । कलंकी, थानकोट नैकाप, सातदोबाटोमा १६–१७ घण्टा हुन्छ । थानकोटबाट कलंकीसम्म गाडीको चाँप बढी हुने भएकाले डिउटीको समय बढी हुन्छ ।’

उनले सुनाउँदै गए, ‘गाह्रो छ । घाम पानी केही भन्न पाँईदैन । तपाई एक्कछिन् हामी बसेको ठाउँमा बस्नु भयो भने थाहा पाइहाल्नु हुन्छ नि ।’

दुःख गरेर काम गरेपनि जस पाइँदैन, उनले थपे, ‘न माथि बाट जस पान्छ  । न जसका लागि हामी सडकमा छौँ उहाँहरुले राम्रो नजरले हेर्नु हुन्छ ।’ प्रहरी भन्ने वितिक्कै हामीलाई हेर्ने नजर नै पmरक हुन्छ । त्यसमा पनि ट्राफिक प्रहरी भन्नेवित्तिकै बुझाइनै फरक छ । आफ्नो गल्ती स्वीकार्न कोही तयार छैन । गल्ती स्वीकारिसके पनि नियम उल्लंघन गर्न छोड्दैनन् ।

हामीले सडकमा बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ भनेर सोध्यौँ । उनले भने, ‘धुँवा, धुलो खाइन्छ । विभिन्न स्वास्थ्य समस्या हुन्छन् । हामीलाई सबै भन्दा बढी रोग लाग्छ ।’ चिकित्सकहरुले ट्राफिक प्रहरीमा क्षयरोग, नसा ढाड सम्बन्धि, स्वासप्रस्वास, कान, आँखाको समस्या हुने बताएका छन् । गिरीले कतिपयलाई त  प्यारालाईस समेत भएको सुनाए । उनले भने, ‘हुनत प्रहरीको आफ्नै अस्पताल छ । त्यहाँ पनि खासै राम्रो औषधि हुँदैन । माथिल्लो तहमा आपm्नो मान्छे भए मात्रै राम्ररी हेर्छन । नभए उस्तै हो ।’

विरामी हुँदा डाक्टरले आराम गर्नु धुँवा, धुलोबाट टाढै बस्नु भन्छन्, उनले भने, ‘डाक्टरको सल्लाह त सुनुन्जेल सम्म मात्रै हो । काम उही त हो नि बाटोमै । विदा पनि त्यति धेरै हुँदैन ।’ सरकारले काठमाडौंको धुलो हटाउन भन्दै विभिन्न योजनाहरु ल्याएको छ । यस्तै महानगरपालिकाले समेत धुलो हटाउन भन्दै कार्ययोजना बनाएको छ । तर, हालसम्म कुनै पहल भएको छैन । मेलम्चीको पानी ल्याउन भन्दै पाइप लाइन विच्छ्याउन बाटो धमाधम भत्काइएको छ । जहाँ त्यही खाल्डो छन् । कतिप ठाउँमा पैदल यात्री र गाडी भ्वाङमा छिरेका छन् । धुलोको त कुरा गरि साध्य नै छैन । धुलो नियन्त्रणका लागि भन्दै विज्ञहरुको संयन्त्र समेत बनेको छ ।  

गरीलाई जागिर खाएको पछुतो छैन । तर, उनी भन्छन्, ‘तल्लो दर्जामा काम गर्नेलाई प्रोत्साहन छैन । गाली र हेपाई सहनु पर्छ । ठूलाकै सोर्स फोर्स चल्छ । स्वतन्त्र भएर काम गर्न पाँइदैन ।’ केही दिन अघि गृहमन्त्री जनार्दन शर्माले सुरक्षा नीतिको रोडम्याप सार्वजनिक गर्दा तल्लो दर्जामा काम गर्नेहरुलाई बढी हौसला र प्रोत्साहन गर्ने घोषणा गरे । उद्यपि, त्यस्ता घोषणा अहिलेसम्म कति कार्यान्वयन भए भन्ने यकिन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ