arrow

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
naka-FNL.jpg.jpeg

विराटनगर। पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोगमा ल्याउने सहमति भएको हो । 

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले वैकल्पिक नाका सञ्चालनका लागि आवश्यक कागजात सीमावर्ती भारतीय भन्सारलाई बुझाई सकिएकाले सम्भवतः आजैबाट वैकल्पिक नाका सञ्चालन हुने जानकारी गराए। सो मार्ग भएर विराटनगरसम्म सामानको निकासी÷पैठारी गर्न ७० किलोमिटर दूरी तय गर्नु पर्दछ । 

भारतको फारविसगञ्ज–जोगवनी मार्गमा पर्ने मिरगञ्ज पुल बाढीले क्षतिग्रस्त बनाएपछि विगत पाँचदिनदेखि जोगवनी–विराटनगर नाकाबाट आयात÷निर्यात ठप्प भएको हो । सो पुल मर्मत नभएसम्म वैकल्पिक मार्गबाट आयात÷निर्यात सञ्चालन रहने प्रजिअ आचार्यले बताए। सो मार्ग बन्द भएपछि भारतमा पाँच सयभन्दा बढी कन्टेनर अलपत्र भएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ