arrow

अघि बढ्दै पशुपति, दल मान्यताको आधिकारिक पत्र संसद् सचिवालयमा दर्ता

सरकारमा जाने बाटो खुल्यो

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
pasupati_rana.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

दल मान्यताको आधिकारिक पत्र संसद सचिवालयमा दर्ता गराएसँगै राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जान बाटो खुलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका लागि भन्दै ४ मन्त्रालय खाली राखेका छन् ।

संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र मतभेद भएपछि राप्रपा विभाजन हुँदा राप्रपा प्रजातान्त्रिकको जन्म भएको हो । राप्रपाका कूल ३७ सांसदमध्ये नवगठित दलका पक्षमा १८ सांसद उभिएका छन् ।

नवगठित दलका नेता किरण गिरीका अनुसार सांसद दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा, रामकुमार सुब्बा, रेशम लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, रमेशकुमार लामा, सइन्द्र वान्तवा, गीता सिंह, बबिताकुमारी मोक्तान, धानु महरा, गीता लुइँटेल, इस्तियाद अहमद खाँ, आनन्दी पन्त, सरोज शर्मा, कमलादेवी शर्मा र विराज विष्ट यो पार्टीबाट सांसद छन् । अझै केही सांसद आफ्नो पार्टीको पक्षमा आउने जिकिर उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ