arrow

युइएफए बेष्ट प्लेयर फेरि पनि क्रिष्टियानो रोनाल्डो बने, मेस्सी र बुफोन निराश 

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
ronaldo2.jpg

मोनाको । पोर्चुगलको राष्ट्रिय फुटबल टिमसंगै स्पेनी क्लव रियाल मड्रिडका कप्तान क्रिष्टियानो रोनाल्डोले लगातार दोस्रो पटक युइएफए बेष्ट प्लेयरमा अर्जेन्टिनी कप्तान तथा स्पेनी क्लव बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै उपाधि जितेका छन् । 

पहिलो पटक गोलकिपर इटालीको क्लव युभेन्टसका जियानलुइगी बुफोन पनि अन्तिम तीन मनोनयनमा रहेका थिए । 

निजी हेलिकोप्टरमा फ्रान्सको मोनाको पुगेका मेस्सीलाई ठूलो झड्का लागेको छ । 

गत सिजन रियाल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डो च्याम्पियन्स लिगमा सयौं गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका थिए ।

उनी गत च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता समेत बन्दै नकआउट चरणमा दुई ह्याट्रिकसमेत गरेका थिए ।

रोनाल्डोले युइएफए बेष्ट प्लेयरको उपाधिका ह्याट्रिकसमेत गरेका छन् । उनले यसअघि सन् २०१३–१४ तथा सन् २०१५–१६ को सिजनमा पनि यो उपाधि जितेका थिए ।


महिलातर्फ भने बार्सिलोनाकी लिके मार्टिन्स युइएफए बेस्ट प्लेयर घोषित भइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ