arrow

दाङमा डेंगु रोगका विरामी भेटियो, लामखुट्टेसँग सावधान रहन आग्रह

logo
शरद रेग्मी,
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
dengu_rog.jpg

दाङ । दाङमा डेगु रोगका विरामीहरु फेला परेका छन् । वर्षायामको अन्त्यसँगै विरामीहरुमा डेंगु रोगको संकेत फेला परेको अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले तुलसीपुर स्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पश्चिम दाङका विरामीहरु उपचारका लागि सिटी अस्पतालमा भर्ना भएपछि उनीहरुलाई डेगु रोग देखा परेको अस्पताल एमडी डा. सुवोध कुमार शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालमा पाँच जना डेगु रोगका विरामीहरु भर्ना भएका थिए । भर्ना भएका मध्ये स्थानीय वर्ष २३ की रेणु चौधरी र शान्तिनगर २ निवासी ३५ वर्षकी पुष्पा खत्री पाँच दिन पछि अवस्था सामान्य रहेको हुँदा शुक्रवार डिसचार्ज गरिएको छ ।

त्यस्तै, तुलसीपुर ६ निवासी राज कुमार चौधरी र तुलसीपुर ५  निवासी अनिता वि.क.लाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका  एविविस एमडी डा साहिल भुसालले जानकारी दिए । उनका अनुसार मौसम परिवर्तन र लामखुटृेको टोकाई तथा पानीका कारण  यो रोग लाग्ने गर्दछ । तुलसीपुर अस्पतालले ३ जना विरामीको सफल उपचार गरी उनीहरुलाई डिसचार्ज गरिएको छ भने अन्य ३ जना लाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ । हामीले अवस्था जटिल देखियो भने मात्रै वाहिर रिफर गर्छौ । 

अहिले विरामीको अवस्था सामान्य रहेको अस्पतालका डा.साहिल भुसालले वताए । यता जिल्लाका ठूला अस्पताल राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रीय अस्पतालहरुमा अहिलेसम्म डेंगु रोगका विरामीहरु फेला नपरेको अस्पताल श्रोतले जानकारी दिएको छ । तर यस्तो रोग फैलिनसक्ने भन्दै सतर्क रहन अस्पतालले सबैसँग आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ