- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दैलेख । दैलेखमा गएरातीदेखि परेको अविरल वर्षाका कारण दैलेख सदरमुकामका तीन वटा घर भत्किएका छन । नारायण नगरपालिका वडा नं.१ स्थित श्याम सिंह थापाको घर भत्किँदा घरमा डेरा गरी बस्ने नारायण नगरपालिका वडा नं. ११ कि पचास वर्षीय दिपा चन्दको मृत्यु भएको हो । सोही परिवारका विन्दु शाही र मिना शाही घाईते भएका छन ।
घाईतेहरुलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । त्यस्तै सदरमुकाममा रहेको रेशम वहादुर थापा र राजु श्रेष्ठको घर समेत भत्किएको छन भने अरु एकदर्जन भन्दा बढी घर पनि जोखिममा रहेका छन् । नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले जोखिममा रहेका घरहरुबाट घरायसी सामानहरु समेत निकालिसकेको र त्यस घरमा वस्ने मानिसहरुलाई समेत हाल सुरक्षित स्थानमा राखिसकिएको बताए ।
बस्नका लागि र जोखिममा रहेका घरहरुलाई त्रिपाल वितरण समेत गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाको समरमुकाममा रहेका पुराना घरहरु बढी जोखिममा रहेका छन । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय वासी र जनप्रतिनिधिहरु लागेका छन । जिल्ला भित्र के कति क्षति भएको छ पुरा जानकारी अहिलेसम्म पनी आउन सकेको छैन ।