arrow

बाढी र डुवानमा रौतहट सबैभन्दा बढी प्रभावित

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
mantri_shah.JPG

काठमाडौं । बाढी र डुवानका कारण रौतहट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । नेपाल रेडक्रस सोसाइटीलेप्ररम्भिक रुपमा गरेको अध्ययनले रौतहटमा सबैभन्दा बढी १६ हजार १ सय ४५ घर पूर्ण रुपमा र ३२ हजार ३ सय ७ घरमा आंशिक रुपमा क्षति पुगेको बताएको छ ।

रौतहट पछि सबैभन्दा बढी प्रभावित जिल्ला सप्तरीमा १५ हजार ४ सय ९० घर पूर्ण रुपमा र १० हजार ८ सय ३५ घर आंशिक रुपमा क्षतिग्रष्त हुन पुगेका छन् । त्यसैगरी महोत्तरीमा ६ हजार ५ सय पूर्ण रुपमा र ३ हजार ६ सय ५६ आंशिक रुपमा, बर्दियामा ६ हजार १ सय १८ पूर्ण रुपमा र १४ हजार ७ सय ९७ आंशिक रुपमा क्षति पुगेको विवरण प्राप्त भएको जनाइएको छ ।

बाढी र डुबानका कारण कूल ६४ हजार ९ सय ९७ घर पूर्ण रुपमा र १ लाख २० हजार १ सय २९ घर आंशिक रुपमा क्षतिग्रस्त बन्न पुगेको अध्ययनले देखाएको छ । १७ लाख ५ हजार ३ सय ३४ परिवार बाढी र डुवानका कारण प्रभावित बनेको अध्ययनले देखाएको बताइएको छ ।

शुक्रबार सहरी विकास मन्त्रालयमा तराई मधेशमा आएको बाढीले पु¥याएको क्षति एवं राहत तथा उद्धारमा भएको प्रगति सम्बन्धी आवास विषयगत समूहको छलफलमा यस्तो विवरण प्रस्तुत भएको हो । मन्त्रालयमा नेपाल रेडक्रस सोसाइटी, प्लान नेपाल, एनसेट, एसिया अनुलुस लगायत बाढी र डुवान क्षेत्रमा कार्यरत एनजिओ÷आइएनजिओहरुले यस्तो विवरण प्रस्तुत गरेका हुन् ।

छलफलमा बोल्दै सहरी विकास मन्त्री प्रभु साहले बाढी र डुवान पिडितहरुरुका लागि ५÷६ महिनाका लागि अस्थायी संरचना आवश्यक पर्ने बताए । उनले प्रभावितहरुलाई स्थायी रुपमा आवासको व्यवस्थाका लागि ५÷६ महिना लाग्ने भएकाले सो अवधिसम्मका लागि अस्थायी संरचना आवश्यक पर्ने बताए । उनले उद्धार र राहतको चरण सकिएपछि अस्थायी आवास हुँदै स्थायी आवास निर्माणतर्फ लाग्नुपर्ने बताए ।

मन्त्री साहले डुवान र बाढीका कारण २ तल्ले घर हुनेहरुले माथिल्लो तल्लामा पुर्‍याएको सामान केही बचाएको भएपनि १ तल्ले घर हुनेहरुको सम्पूर्ण सामान नष्ट भएको बताए । उनले झन् फुसको झुप्रो हुनेहरुको त विचल्लीनै भएको उल्लेख गरे । उनले पूरै गाउँ नै प्रभावित भएको र गाउँका केही घरहरुमात्रै प्रभावित भएकोमा फरक स्थिति भएकाले आगामी कार्यक्रम तय गर्दा यसलाई पनि ध्यान दिनुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ