arrow

भारतमा जारी हिंशामा ३० को ज्यान गयो, जताततै आगलागी, कर्फ्यू समेत उल्लंघन

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
india_hinsha.jpg

काठमाडौं । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि उनका समर्थकहरु हिंशामा उत्रिएका छन् । शुक्रबार दिनभरमा मात्रै हिंशामा ३० जनाभन्दा बढीको ज्यान गईसकेको नवभारत टाईम्सले जनाएको छ । उक्त हिंसामा १०० भन्दा बढी गाडीमा आगलागी गरिसकिएको छ । 

अदालतले उनलाई दोषी ठहर गरेसँगै उनका समर्थकहरुले सञ्चारमाध्यमका प्रतिनिधिहरु पत्रकार तथा फोटो पत्रकारमाथि समेत खोजीखोजी आक्रमण गरेका छन् । दिल्ली तथा उत्तर प्रदेशको सीमामा अहिले हाई अलर्ट जारी गरिएको छ । भारत सरकारले हिंशा फैलिन थालेपछि अहिले सेनाको ६ वटा टुकडीलाई तैनाथ गरिएको छ । 

सिरसा भन्ने ठाउँमा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीको र्यापिड एक्सन फोर्स समेत अहिले सिरसा पुगेको छ । यसैबीच भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय हरियाणाको हिंशाको निन्दा गरेका छन् । शुक्रबार राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी अदालतको फैसलापछि सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरिनु निन्दनीय गरेको बताएका छन् । 

उनीहरुले अहिले टाईम्स अफ इन्डिया सहितका ३ वटा समाचार च्यानलहरुको ओबी भ्यानमा समेत तोडफोड गरेका छन् । त्यस्तै आधा दर्जन भभन्दा बढी ओबी भ्यानमा आगो समेत लगाईदिएका छन् । उनीहरुले फायर ब्रिगेड तथा प्रहरीको गाडीमा समेत आगो लगाईदिएका छन् । शुक्रबार राती पञ्जावको दुई रेल्वेस्टेसनमा समेत आगलागी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

हिंस्रक आन्दोलनकारीहरुले सरकारी कार्यालयजति सबैमा आगो लगाउँदै हिँडेका छन् । बठिंडा, मानसा तथा फिरोजपुरमा अहिले कर्फ्यू आदेश जारी गरिएको छ । अहिले पञ्चकुला अदालतको चारैतिर उग्र रुपमा हिंसा चर्किरहेको छ । धेरै ठाउँमा अहिले कफर्यूसमेत उल्लंघन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ