arrow

हिडेन लाइफको बाढीपीडितलाई सहयोग 

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
life_foundation.jpg

काठमाडौं । जेलमा परेका नागरिकहरुलाई उद्धार गर्दै आएको हिडेन लाइफ फाउन्डेसनले बाढीका कारण आहात भएका नागरिकहरुको बस्तिमा पुगेर झण्डै चालिस लाख बराबरको राहत वितवरण गरेको छ । राहतका सामाग्री लिएर तराई झरेका हिडेन लाइफ फाउन्डेसनका अध्यक्ष विवेक उपाध्याय त्यहाँका अवस्था देखेर झनै गह्रुंगो मन लिएर राजधानी फर्किएका छन । 

तराईमा राहत बाढेर हालै मात्र राजधानी फर्किएका विवेकले त्यहाँका भयाभय अवस्थाबारे बताँउदै भने ‘प्राय स्थानमा पानी जमेको छ,पीडितहरुले अझैंसम्म पनि राहत पाउन सकेका छैन । बस्ने घर छैन ।’ यस्तैमा विवेकहरुको सम्र्पकमा आइपुगे मकदम मन्सुरी । उनलाई भेटे पछि विवेकको मन एकतमासको भयो । र जसरी पनि सहयोग गरिछाड्ने प्रण बोकेर उनी राजधानी फर्किए । 

नियतिले मकदमलाई यसरी पीडा दियो कि एकातिर वाढीका कारण घर बग्यो । खाने,लगाउने केही चीजको टुंगो छैन । त्यसैमाथि यही आँउदो सोमबार आफ्नो नातिनीको विवाहको मिति टुंगो लागेको थियो । पोखरीयाटोला ५ गौरका मन्सुरीले विवेकसँग पीडा पोख्दै सुनाएका रहेछन अब नातिनीको विवाहको कसरी गर्ने ? विवाहका लागि ऋण धन गरेर जोडिएका गर गहना लत्ताकपडा घरसँगै सबै वाढीले बगाए पछि मकदम मन्सुरी तनावमा छन । त्यहाँको संष्कार र संष्कृति अनुसार विवाहको मिति सार्न सकिदैन । तोकिएकै मितिमा जसरी पनि विवाह गर्नुछ तर साथमा फुटेको कौडी पनि छैन । 

मन्सुरीको यही पीडा पछि विवेकको मन एकतमासको भयो । उनकै यो पीडामा हिडेन लाइफ फाउन्डेसनले साथ दिने निर्णय गरेको छ । संस्था अध्यक्ष विवेक उपाध्याय उनको चहराएको घाउमा थोरै भए पनि मल्हम लगाउनका लागि दश हजार हिडेन लाइफले जुटाएको छ । र अन्य सहयोगी मनहरुसँग हिडेन लाइफ फाउन्डेसनले सहयोगका लागि आग्रह समेत गरेको छ । 

यस अगाडि गत सोमबार हिडेन लाइफ फाउन्डेसनको टोलीले त्यहाँ  पुगेर एक हजार बाढी पीडितहरुका लागि राहतका सामाग्रीहरु कपडा,खाने तेल, चामल,जुस लगायतका सर सामाग्रीहरु वितवरण गरी ती पीडितहरुको मुहारमा थोरै भए पनि हाँसो भर्ने जमर्काे गरी राजधानी फर्किसकेको छ । त्यहाँ नारायणी अञ्चलका निर्देशक सतिश कलवारले समेत राहतका सामाग्री उठाएर पठाएका थिए । उनले पठाएको खानेपानी चामल लगायतका राहत सामाग्री समेत हिजै त्यहाँ वितवरण गरिएको थियो ।

त्यस्तै सोही समयमा  हिडेन लाइफकै सक्रियतामा रौतहटको जेलमा परी ३ हजार तीन हजार धरौटी तिर्न नसकेका भारतीय नागरिकलाई उद्धार गरी हिजै भारत पठाइएको छ । यसरी उद्धार गरिएका भारतीय नागरिक हुन नुर ममद साह । उनी भारतबाट नेपालमा मादक पर्दाथ सेवन गर्ने छिरेका थिए । मादक पर्दाथ सेवन गरी होहल्ला गरेको आरोपमा उनी जेल परेका भए पनि ३३ सय धरौटी तिर्न नसक्दा उनी जेलमा सडिरहेका थिए । उनलाई हिजै मात्र जेलबाट उद्धार गरिएको फाउन्डेसनले जनाएको छ ।

यस्का अलवा हिडेन लाइफ फाउन्डेसनले रौतहट जिल्लामा भएका गरिबका छोराछोरीहरुलाई त्यही रहेका सगरमाथा अग्रेजी वोर्डिग स्कुलसँग सहकार्य गरी ३० जना गरिबका छोराछोरीहरुको पढाई खर्चे बेहोर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष उपाध्यायका अनुसार जेल भित्रै पानी जमेर वेहाल अवस्थामा रहेको रौतहट कारागारमा पानीको उचित व्यवस्थापन गर्न अबको केही हप्ता भित्रै त्यहाँ पम्पसेट जडान गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ