arrow

यु–१५ साफ च्याम्पिनसिप फुटबलः नेपाल–भारतबीच उपाधि भिडन्त 

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
final_pressss.jpg

काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आइतबार नेपाल र भारत खेल्दैछन् । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे हुने खेल जितेरै नेपालले पहिलो पटक भएको प्रतियोगितामा कीर्तिमान रच्न चाहन्छ । 

तर भारतलाई हराउनु नेपालका लागि सदियौंदेखिको चुनौती हो । समुह चरणको नतिजाले पनि भारत बलियो छ । 

भारतले समुह चरणमा नेपाललाई २–१ ले माथ खुवाएको थियो । यसपटक पनि भारत माथ खुवाउन तयार छ । 

तर नेपाल माथ खान हैन खुवाउन तयार भएर मैदानमा उत्रने प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन् । 

नेपालले सेमिफाइनलमा बंगलादेशलाई र भारतले भुटानलाई ले हराएको थियो ।

नेपाल मानसिक दबाबमा छ । आयोजकको हिसाबले जित्नैपर्ने दबाब छ भने अर्कातिर समुह चरणमा पनि नेपाल पराजित भएकाले अझ सजक हुनुपर्ने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ