arrow

बौद्धिक अपांग विद्यार्थीका लागि छात्रावास भवन निर्माण शुरु

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
students-with-disabilities.jpg

बाबियाचौर । बेनी नगरपालिका–६ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयद्वारा सञ्चालित बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण शुरु भएको छ । 

तीनकोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गरे ।
 
प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग र समुदायको रु दुई लाख पाँच हजार ७९३ बराबरको श्रमदानमा भवन निर्माण हुन लागेको सङ्घका कार्यक्रम अधिकृत राम पौडेलले बताए । 

छात्रछात्राको आवासका लागि छुट्टाछुट्टै एक÷एकवटा आवास कोठा, एकवटा भान्छाकोठा, एट्याच बाथरुम, अपांगतामैत्री ¥याम्पसहितको एक तले भवन निर्माणका लागि शेर्पा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । 

बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाको आवासीय सुविधाका लागि निर्माण हुन लागेको भवनको क्षमता ३० जनाको छ ।

विसं २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना बौद्धिक अपांगता भएका बालबालिका अध्ययनरत रहेका प्रधानाध्यापक भक्त कार्कीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ