arrow

त्रिभुवन विमानस्थलबाट बाहीरिएका हरी परिवारसंग सम्पर्क विहिन

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ ११ आइतबार
Hari.jpg

बागलुङ। भदौ ७ गते बेलुका ९.३० बजे त्रिभुवन विमानस्थल काठमाडौं बाट बाहीरिएका बागलुङ नगरपालिका वडा नं. १३ काभ्राबोटका ३६ बर्षीय हरिप्रसाद शर्मा हालसम्म पनी परिवारको सम्पर्कमा आएका छैनन। गत मंसिरमा साउदी गएका हरि ८ महिनामा घर फर्किएका थिए। 

परिवारले उनको खोजीका लागि प्रहरी र आफन्त सँग अपिल गरेको छ। विमानस्थलमा आए पश्चात उनको श्रीमती सवितालाई फोन गरी आफु आएको जानकारी गराएका हरी शनिबार बेलुका सम्म सम्पर्कमा आएका छैनन।  त्रिभुवन विमानस्थलमा राखिएको सिसी क्यामाराको रिपोर्ट अनुसार उनी बुधबार बेलुका ९.४२ मा विमानस्थलबाट बाहीएको उनका दाजु टिकाराम शर्माले बताए।

विमानस्थलबाट बाहीरीए पछि विहीबार विहान उनले आफै फोन गरेका थिए तर कहाँ छन भन्ने फोनमा कुनै पत्ता लाग्न सकेको थिएन । उनले श्रीमती सवितालाई फोन गरे तर सविता सँग कुनै संवाद हुन सकेन त्यस पश्चात हालसम्म परिवारको सम्पर्क विहिन भएका छन।

केही समय देखी हल्का विरामी परेका कारण उनी घरमा फर्केको र काठमाडौंमा नै उपचार गराउँला भनी श्रीमती सविता र जेठान गोपाललाई विमानस्थलमा नै लिनका लागि बोलाएको परिवारीक श्रोतले बताएको छ। तर बागलुङबाट काठमाडौं जाँदा श्रीमती सविताले र जेठान थानकोटको जाममा परेर समयमा विमास्थल पुग्न सकेका थिएनन।

प्रहरीको रिर्पोट अनुसार हरीको चितवनको दासढुंगा सम्म मोबाईलको ट्रयाकिङ भएको जनाईएको छ। शुक्रबार दिउँसो र शनिबार पनि चितवनको नारायणगढ देखिएको भन्ने आए पनि हाल सम्म परिवारको सम्पर्कमा आएका छैनन। हामी प्रहरी र आफन्त सँग खोजीका लागि अपिल गरेका छौ  दाजु टिकारामले भने तर कही कतै पनि भेटिएको छैन। चितवनमा प्रहरी र आफन्तहरुले खोजी कार्य जारी राखेका छन। परिवारले अहिले हरीको खोजीका लागि सबै पक्ष सँग सहयोगको अपेक्षा गरेको छ । रोजगारीको शिलशिलामा विदेशीएका हरीको परिवारमा बुढा बाबु आमा श्रीमती १ छोरा र १ छोरीको रहेको छन। कालो क्याप लगाएको कालो झोला बोकेको र तालु खुईलिएको र उनको गहुँगोरो बर्ण रहेको आफन्तले जनाएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ