arrow

१५ वर्ष मुनिको साफ फुटबल : पहिलो हाफमा नेपाललाई अग्रता, व्रिजेशले गरे गोल

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
nepal_vs_india.JPG

काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोको एन्फा मैदानमा भइरहेको खेलमा नेपालले प्रारम्भिक अग्रता लिएको छ ।

नेपालका लागि पहिलो हाफ अघि ४१औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाएका छन् ।
प्रि–म्याच कन्फ्रेन्समा भारतीय टोलीका प्रशिक्षक बिलियानो फर्नान्डेजले घरेलु टोली नेपाल लाई सबै भन्दा बलियो टोली भनेका थिए ।

समूह चरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदा भारतले भुटानलाई ३–० ले हरायो ।

दुई वर्षअघि बंगलादेशमा भएको तेस्रो साफ यु–१५ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघि काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो र दोस्रो दुवै संस्करणमा नेपाल भारतसँगै पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ