arrow

१५ वर्ष मुनिको साफ फुटबल : भारत २, नेपाल १

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
nepal_vs_india_fc.JPG

काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोको एन्फा मैदानमा भइरहेको फाइनमा पहिलो हाफ अघि नेपालले अग्रता लिएपनि दोस्रो हाफपछि नेपाल पछि परेको छ । दोस्रो हाफ सुरु भएको १४ मिनेटमै भारतले बराबरी गर्‍याे।  

नेपालका लागि पहिलो हाफ अघि ४१औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए । भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । नेपालको अग्रता धेरै बेल टिकेन । यस्तै, ७४औँ मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेर भारतलाई अग्रता दिलाए ।  

समूह चरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदा भारतले भुटानलाई ३–० ले पराजित गरेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको तेस्रो साफ यु–१५ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघि काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो र दोस्रो दुवै संस्करणमा नेपाल भारतसँगै पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ