arrow

अस्थिर राजनीतिले लोकसंस्कृति धरापमा

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ भदौ ११ आइतबार
lok_dohori.JPG

स्याङ्जा । नेपालको पहिचानको रुपमा रहदै आएको लोकसंस्कृति धरापमा पर्न थालेको दुःख कलाकारहरुले गर्न थालेका छन् । लोभ हुन लागेका मुलुकका विभिन्न क्षेत्रका लोकसंस्कृति अस्थिर राजनीतिका कारण धरापमा पर्ने हो की भन्ने चिन्ता बढेको लोककलाकारहरुले बताएका हुन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा स्याङ्जाको १५ औं साधरण सभामा वोल्ने बक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । बहुभाषी, बहुजाती, बहुसंस्कृतिले भरीको नेपालमा लोक संस्कृतिको पनि छुट्टै महत्व र पहिचान भएको संगितप्रेमीहरुको भनाई थियो । राज्य उदासिन हुदा मुलुकको महत्व र पहिचान बोकेको लोकसंस्कृतिको संरक्षण हुन नसक्दा कतै यो फेरी इतिहासको पानामा रहने होकी भन्ने चिन्ता लागेको उनीहरुको भनाई छ । 

मुलुक अस्थिर राजनीतिले रुलमलिएको छ प्रतिष्ठान स्याङ्जाको १५ औं साधरणसभा उदघाटन गर्न आएका बरिष्ठ सर्जक तथा लोकदोहोरी प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश विजिले भने,“नेपालमा लोकसंस्कृतिको जगेर्ना गर्ने संस्था छ की छैन भन्ने सरकारलाई नै थाहा छैन ।” सरकार लाइनै लोकदोहोरी प्रतिष्ठानका बारेमा थाहा नहुनु विडम्वना रहेको उनले बताए । 

लुकेका संस्कृतिको जगेर्ना गर्ने संस्थालाई भुल्दा कतै लोक संस्कृति धरापमा पर्ने हैन भन्ने प्रतिष्ठानको चिन्ता रहेको विजीको भनाई छ । राज्य सगँ हामीले केही मागेका छैनौ बरिष्ठ उपाध्यक्ष रहेका विजीले थपे हरेक कलाकारले निकालेको लोक संस्कृतिलाई चोरी र कपी हुनबाट बचाई दिएमा कलाकार बाच्न सम्म सक्ने छन् । कलाकारले निकालेका लोकगीतको रोयल्टीलाई बचाइदिन सरकार सगँ विजीले आग्रह गरेका छन् । 

कलाकार राष्ट्रका गहना भएको उल्लेख गर्दै अनिश्चित भविष्य भित्र सुनिश्चित भविश्य खोजेका कलाकारको राज्यले उपेक्षा गर्दा दुःख लागेको उनको भनाई थियो । सबै कलाकारहरुलाई सिर्जनशिल तर्फ लाग्न आग्रह गर्दै नेपालको कलाकारीतामा अझै मेहनतको खाँचो रहेको उनले बताए । 

साधरणसभामा लोकदोहोरी प्रतिष्ठान प्रदेश नम्वर ४ का संयोजक तारापति सुवेदी, केन्द्रिय सदस्य घनश्याम रिजाल, गण्डकी अंञ्चल अध्यक्ष शंकरविरही गुरुङ् लगायतका कलाकारले नेपाली कलाकारीता क्षेत्रलाई मजबुद बनाउन सरकारको पनि दायीत्व रहेको बताएका थिए । लोकसंस्कृतिको संरक्षणमा प्रतिष्ठानले खेलेको भुमिकाको बारेमा खिलुङ कालिका एग्रो फार्मका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकाल र नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताएका थिए । 

जिल्ला शाखाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, बरिष्ठ उपाध्यक्ष मिलन सापकोटा र सचिव ऋषिराम डुम्रेले नेपाली लोकसंगितको क्षेत्रमा स्याङ्जाको ठुलो योगदान रहेपनि जिल्लाको प्रतिष्ठान भने धरासायी अवस्थामा पुग्न लागेको बताएको थिए । तिनै जनाले पेश गरेको प्रतिवेदन समेत साधरण सभाले पारित गरेको छ । प्रतिष्ठानलाई बलियो बनाउन जिल्लाका हरेक माध्यमिक विद्यालयमा लोकगीत प्रतियोगिता, लोक तथा दोहोरी गीतका निम्ति अभिमुखीकरण कार्यक्रम संचालन गर्ने रणनीति अख्तियार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ