arrow

संसद् सचिवालयका कर्मचारीलाई मोजैमोज, सचिवको तलब मन्त्रीभन्दा दोब्बर 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
samsad-bhawan.jpeg

काठमाडौं । संसद् सचिवालयको एक समूहले संसदका महासचिव र सचिवहरुको मासिक तलब तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ ।

मस्यौदाअनुसार, संसदका महासचिवले मासिक न्यूनतम एक लाख ९७ हजार र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ । 

महासचिव र सचिवका तलब, भत्ताबाहेक, फर्निचर र पोसाकभत्ता ९एकमुष्ट० बाहेक उनीहरुले सहयोगी खर्च, सुरक्षा गार्ड, दैनिक भ्रमण भत्ता, चाडपर्व खर्च, बिजुली, धारा, पानी, सवारी साधन तथा इन्धन, सहयोगी भर्ना खर्च, आवास सुविधा र उपचार खर्चसमेत प्राप्त गर्ने प्रस्ताव छ ।

यी रकमसमेत जोड्दा उनीहरुको तलब मन्त्रीको भन्दा झन्डै दोब्बर हुने देखिएको छ । 

हालको कानुनअनुसार एक मन्त्रीले तलब, भत्ता गरी ९० हजार रुपैयाँ प्राप्त गर्दै आइरहेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ