arrow

ग्यास ढुवानी गरिदिएरै भारत नेपालबाट वार्षिक तीन अर्बभन्दा बढी रकम लैजान्छ 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
gas-bullet.jpg.jpeg

काठमाडौं । नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । 

भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् ।

बुलेटमार्फत ग्यास ढुवानी गर्ने भारतका ठुल्ठूला व्यवसायी संलग्न छन् । भारतको १० जना व्यवसायीको ६ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटको बुलेट नेपालमा ग्यास ढुवानी गर्दै आएका छन् । 

सबैभन्दा बढी रमेश बत्रा नामक व्यवसायीको बुलेट नेपालमा सञ्चालनमा छन् । बत्राले मात्रै तीन सय ७० थान बुलेटबाट ग्यास ढुवानी गरेबापत वार्षिक डेढ अर्बभन्दा बढी रकम नेपालका एलपीजी ग्यास उद्योगीबाट लिँदै आएका छन् ।

नेपाल एलपीजी उद्योग संघका अनुसार, बत्रावाहेक नेपालमा राधेश्याम अग्रवालको सय, इण्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष सतिश शर्माको ३५, जसविन्द्र सिंहको ५०, नरेन्द्र सिंहको ५०, आकाश जैनको ३०, एसएलआर ट्रान्सपोर्टको ४४ सहित अन्य भारतीय व्यक्तिको ६ सय ५० भन्दा बढी बुलेट नेपालमा ग्यासको ढुवानीसम्बन्धी कारोबार गर्दै आएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ