arrow

युवा उद्यमी हाङ चलचित्रतिर

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
ninam_hang.jpg

काठमाडौं । युवा उद्यमी निनाम हाङ राईले चलचित्र निर्माणमा पनि हात हालेका छन् । म्युजिक भिडियोमा मोडलिङ तथा कलाकारिता क्षेत्रमा सक्रिय राईले निर्माण गर्न लागेको चलचित्रको नाम भने अझै गोप्य राखिएको छ ।

चलचित्रबारे चाँडै नै सार्वजनिक रुपमा जानकारी गराउने उनले बताए । डेढ दशक अघिदेखि कलाकारिता सुरु गरेका राईले मोडलिङ गरेको ‘आधा माया’ र ‘भूईं सोरेर बिन्ती’ बोलको गीत पछिल्लो समय धेरैले मन पराएको गीतमा पर्दछ ।

‘आधा माया’ बोलको गीतमा तुलसी पराजुली र मेलिना राईको स्वर रहेको छ भने पूर्वेली लोक भाका ‘भूईं सोरेर बिन्ती’ बोलको गीतलाई सुनिता थेगिम लिम्बू र तुलसी पराजुलीले गाएका छन् ।

यस क्षेत्रमा लामो समयदेखि लागे पनि व्यवसायीक कामका कारण १४ वर्ष भन्दा बढी समय उनले विदेशमा बताएका छन् ।  यसक्रममा राईले अमेरिका, युके, हङ्कङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, ताइवान, जर्मनी, फ्रान्स, पोल्याण्ड र पोर्चुगललगायतका मुलुकमा व्यवसायीक कार्यका साथै भ्रमण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ