arrow

चीनले भन्यो- दोक्लमबाट भारतीय सेना घर फर्क्याे

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
news.jpg

काठमाडौं  । चीनले दोक्लमबाट भारतीय सेना घर फर्केको बताएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले ट्वीट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको सूचना चुहाएको हो ।

 

यसअघि भारतको विदेश मन्त्रालयले कुटनीतिक छलफलपछि दुवै देशका सेना  दोक्लमबाट पछि हट्ने बताएको थियो । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको एक घन्टा नवित्दै चिनियाँ एजेन्सीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

भारत र चीनबीच दोक्लम विवाद भएपछि चिनियाँ मिडिया आक्रमक रुपमा उत्रिएको थियो । चीनले भारतीय सेना गैर कानुनी रुपमा चिनियाँ भूभागमा रहेको बताउँदै आएको छ । दोक्लम विवादले दुई शक्तिशाली मुलुक चीन र भारतबीच सम्बन्ध चिसिए छ ।
 
यता, भारतीय विदेश मन्त्रालयले प्रेस नोट जारी गर्दै केही साता यता भारत र चीनबीच नयाँ कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ ।

संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया सुरु भएको वक्तव्यमा जनाइएको छ । दुवै देशका सेना पछि हट्ने पक्का भएको भारतीय विदेश मन्त्रालयको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ