arrow

म्याद नाघेका फ्रुटी बेच्ने दुगडको गोदाममा छापा, गोदाम शिल

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
dugad_news.jpg

काठमाडौं । प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेर शिल गरिदिएको छ । अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारेको हो ।

महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि शिल नै गरिएको छ ।

दुगडको गोदामबाट गएको वर्ष समेत म्याद नाघेका दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको प्रहरीले जनाएको छ । दुगडको उत्पादनमा बारम्बार प्रश्न उठेपनि सुधार हुन सकेको छैन ।  गाेरखा भूकम्पताका फर्जी मूल्य टाँसेर विक्रि गरेकाे भन्दै दुगडकाे तेल गाेदाममा समेत छापा मारिएकाे थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ