arrow

भाइरल ज्वरोले बिरामी तेब्बर, १५ श्ययाको जिल्ला अस्पतालमा दैनिक २२० जनासम्म नयाँ बिरामी, ७० इमरजेन्सीमा

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
viral.jpg.jpeg

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । 

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ । 

हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा जगन्नाथ तिवारीले बताए । 

१५ श्ययाको जिल्ला अस्पतालमा भुईंमा तथा बेन्चमा गरी ४० जनाको भर्ना गरेर उपचार गरिरहेको उनको भनाइ छ । 

जिल्ला अस्पताल सँगसँगै, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा विशेष गरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । 

अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा तिवारीले मास्क लगाएर हिँड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गर्नुभएको छ । भाइरलको शंका लागेमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तु खान र आराम गर्न उनले सुझाव दिएका छन् ।  

वर्षापछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै तिवारीले स्वास्थ्यमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ