arrow

राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
nada_opning.jpg

काठमाडौं । राजधानीको भृकुटिमण्डपमा नाडा अटो शो-२०१७ सुरु भएको छ । मंगलबार अटो शोको उद्घाटन  यातायातमन्त्री बीरबहादुर बलायरले गरेका छन् । १२औं संस्करण नाडा अटो शो भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका कार , १९ ब्रान्डका बाइक  र ६ वटा ब्रान्डका  हेभी कमर्सियल सवारी साधन रहेका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.को संयुक्त आयोजनामा स‌ंचालन भएको नाडा अटो शो २०१७ को शिर्ष प्रायोजक सर्भो वलर्ड क्लास लुब्रिकेन्ट्स रहेको छ ।

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तीय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहने छ जसमा नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन् ।

प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभ्सद्धारा प्रायोजित युएम रेनेगेड कमान्डो २३० सीसी मोटरसाइकल समेत रहेको छ । नाडा अटो शो २०१७ मा लगभग पचास हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका साथ प्रदर्शनीलाई अझ भव्य र प्रभावकारी बनाउन मह जोडीलाई समेत ब्रान्ड एम्बेसेडर बनाइएको छ ।

साथै बाढी पहिरोबाट पीडित जनताको राहतको लागि नाडाद्वारा यस नाडा अटो शो २०१७ बाट हुने आम्दानीबाट पाँच लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ