arrow

नेपालले बंगलादेशलाई हरायो

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
volleyball-game.jpeg

काठमाडौं । नेपाली पुरुष भलिबल टोलीले मंगलबार भएको मैत्रीपुर्ण खेलमा बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले पराजित गरेको छ । ललितपुर लगनखेल स्थित आर्मीको कभर्ड हलमा नेपालको जितमा कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए । नेपालको जितमा हरि अधिकारीले १३,मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक गरेका थिए । बंगलादेशका लागि होरोसितले १८ अंक जोडेका थिए । बुधबार दोश्रो मैत्रिपूर्ण खेलमा लगनखेल स्थित आर्मीको कभर्ड हलमा नै हुनेछ ।

नेपाली भलिबल टोलीका प्रशिक्षक जगदिश भंटले नेपालले ब्लक र रिसिभमा सुधार गरेका कारण सफलता हासिल गरेको बताए । भंटले नेपालको विगत भन्दा आफना कमजोर पक्षलाई  सुधार गरेका कारण जित हासिल गरेको प्रतिक्रिया दिए । भंटले भने, ‘हामी खुसी छौं । खेलाडीले राम्रो खेले । सुरुआतमा नेगेटिभ अंक धेरै दिएकोले पनि अप्ठयारो भएको थियो ।अझै पनि सर्भिसमा सुधार गर्नु पर्नेछ । तर आज जितले भोली जित हासिल गर्न हौसला बढाएको छ ।’

बंगलादेशका प्रशिक्षक अली पोउरले नेपालको स्तर विगत भन्दा माथी भएको बताए । उनले भने, ‘हामीले मैत्रीपुर्ण खेललाई नयाँ खेलाडीलाई मौका दिने अवसरको रुपमा लिएको छौं । आज मैले धेरै खेलाडीलाई खेलाए । त्यसले उनीहरुको अनुभव बढाउनेछ । हामीले ब्लकमा नेपाललाई रोक्न सकेनौं । त्यसले हामीलाई खेल हार्नु पर्ने अवस्थामा लग्यो ।’नेपाल र बंगलादेशले अब भोली बुधबार लगनखेलमै दोस्रो मैत्रीपुर्ण खेलमा खेल्नेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ