arrow

जताततै मन्त्रीहरुको भेडीगोठ–प्रहरीलाई स्कर्टिङको हैरानी

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
escorting-nepal.jpg

काठमाडौं । यहाँ मन्त्रीज्यू हुनुहुन्छ? प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए ।  होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउन्टरमा गएर जवाफ लिए ।

नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड हुने गरेको छ ।

मध्य तथा सुदूरपश्चिमको केन्दविन्दु भएकाले नेपालगन्जमा दैनिक दुई भन्दा बढी भीआइपी आएको पाइन्छ ।

गत आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगन्जमा आगमन हुँदा प्रहरीलाई दौडधुप नै भएको थियो ।

त्यसअघि पूर्पप्रधानमन्त्री पुष्पकमल दाहाल र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको थियो ।

आ–आफ्नो दल र मन्त्रालय मातहतका कार्यालयहरुको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफैं खोजेर सुरक्षा दिनुपर्छ ।

शेरबहादुर देउवा मन्त्रिमण्डलका एक जना मन्त्रीले हालै बाँकेको छिमेकी जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई गाडी नपठाएको भन्दै धम्काएपछि त झन प्रहरी प्रशासन सतर्क बनेर मन्त्री जिल्ला झर्ने बित्तिकै अगाडि पर्ने या स्कर्टिङ लगाउने गरेका छन् । 

बाँकेमा एकै दिन सात जनासम्म भीआइपी आएको प्रहरीले जनाएको छ । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ